Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौसम अपडेट: आज कहाँ–कहाँ पर्छ पानी ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 931
    SHARES

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बुधबार अधिकांश प्रदेशमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ भने पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि अझ सक्रिय बनेको हो।

हाल देशका कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने मधेस तथा कोशी प्रदेशका तराई भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

आज देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। त्यस्तै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानालाको सतह बढ्न सक्ने जोखिम रहेको जनाइएको छ।

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव, सडक अवरुद्ध हुने तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

महाशाखाले भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा सम्बन्धित निकायलाई मौसमको नियमित अद्यावधिक जानकारी लिन, नदी–खोला आसपास अनावश्यक आवतजावत नगर्न तथा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। मनसुनी प्रणाली अझै केही दिन सक्रिय रहने संकेत देखिएकाले देशका विभिन्न भागमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४