Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यासको कृत्रिम अभाव नरहेको दाबी, आवश्यकताभन्दा बढी जगेडा नगर्न एलपी ग्यास उद्योग सङ्घको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ११ २०८३
  • 1.7K
    SHARES

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा एलपी ग्यासको कृत्रिम अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका अनुसार भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेकाले आपूर्तिमा कुनै समस्या छैन। तर उपभोक्ताले एकैपटक अतिरिक्त सिलिन्डर भर्न थालेपछि केही स्थानमा अस्थायी अभावको अवस्था देखिएको हो।

सङ्घका अध्यक्ष दिवान चन्दले हाल नेपालमा ग्यासको आयात विगतकै अनुपातमा भइरहेको जानकारी दिए। उनका अनुसार दैनिक करिब १०० वटा बुलेट ग्यास भारतबाट नेपाल भित्रिरहेको छ, जसले देशभरको नियमित माग पूरा गर्न पर्याप्त रहेको उनको दाबी छ।

उनले नेपाल आयल निगमले विगतमा जति परिमाणमा ग्यास आयात गर्दै आएको थियो, अहिले पनि सोही अनुपातमा ग्यास ल्याइरहेको बताए। “पहिले जति ग्यास ल्याइन्थ्यो, अहिले पनि त्यति नै परिमाणमा आपूर्ति भइरहेको छ। तर उपभोक्ताले अतिरिक्त सिलिन्डर जगेडामा राख्न थालेपछि बजारमा अस्थायी अभावको अवस्था देखिएको हो,” अध्यक्ष चन्दले भने।

उनका अनुसार यदि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात नगर्ने हो भने हाल देखिएको समस्या स्वतः समाधान हुनेछ। उनले अफवाहको पछि नलाग्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरे।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले पनि ग्यास उद्योगहरूले पर्याप्त मात्रामा भरिएका सिलिन्डर बजारमा पठाइरहेको बताए। उनका अनुसार केही समयअघि उद्योगहरूले छिट्टै पूर्ण रूपमा भरिएको सिलिन्डर वितरण गर्न सुझाव दिए पनि वितरण प्रक्रियामा केही ढिलाइ हुँदा अहिले त्यसको असर देखिएको हो।

उनले सामान्य अवस्थाजस्तै अहिले पनि बजारको मागअनुसार ग्यास आइरहेकाले दीर्घकालीन अभावको कुनै सम्भावना नरहेको उल्लेख गरे। उनका अनुसार उपभोक्ताले अनावश्यक रूपमा धेरै सिलिन्डर घरमा राख्दा वितरण प्रणालीमा दबाब परेको छ।

हाल नेपालभर करिब १ करोड ५० लाख एलपी ग्यास सिलिन्डर प्रचलनमा रहेका छन्। तीमध्ये करिब ५० लाख सिलिन्डर विभिन्न ग्यास डिपो तथा उद्योगहरूसँग रहेको सङ्घले जनाएको छ। बाँकी सिलिन्डर उपभोक्ताको प्रयोगमा रहेका छन्।

सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण प्रणाली सुरु गरेको थियो, जसले साना परिवार तथा कम खपत हुने उपभोक्तालाई सहज सेवा दिने अपेक्षा गरिएको छ।

हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। उद्योगहरूले नियमित रूपमा ग्यास आपूर्ति भइरहेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र अनावश्यक मौज्दात नगर्न सबै उपभोक्तासँग अनुरोध गरेका छन्। साथै, ग्यासको सहज वितरण सुनिश्चित गर्न सरकार, नेपाल आयल निगम र उद्योगहरूबीच निरन्तर समन्वय भइरहेको पनि सङ्घले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४