Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यरातमा झडप भएपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ११ २०८३
  • 1K
    SHARES

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मध्यराति दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थानीय प्रशासनले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्था थप जटिल बन्न नदिन प्रशासनले बिहान ७ बजेदेखि कर्फ्यु लागू गर्दै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको प्रहरीको गोली लागेर मृत्यु भएको हो। साउने सोमबारको अवसरमा निकालिएको बोलबम यात्रालाई केन्द्र बनाएर दुई समूहबीच विवाद चर्किएपछि स्थिति तनावपूर्ण बनेको थियो। झडप उग्र बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा तनाव कायम रहेकाले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अर्को सूचना जारी नभएसम्मका लागि पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिभर हिँडडुल, भेला, जुलुस, सभा, प्रदर्शन तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको छ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको स्पष्ट सीमा पनि निर्धारण गरेको छ।

इलाका ‘क’ (हरिनगरा बजार क्षेत्र) अन्तर्गत पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र कर्फ्युभित्र परेको छ।

इलाका ‘ख’ (भुटाहा बजार क्षेत्र) मा पूर्वतर्फ मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्र समेटिएको छ।

इलाका ‘ग’ (कसनागंज बजार क्षेत्र) मा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।

इलाका ‘घ’ (घुस्की बजार क्षेत्र) अन्तर्गत पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।

त्यस्तै इलाका ‘ङ’ (देवानगञ्ज बजार क्षेत्र) मा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरिएको छ।

घटनापछि सुनसरी र मोरङबाट थप नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। संवेदनशील स्थानहरूमा सुरक्षा निगरानी बढाइएको छ भने कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेका छन्।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ। साथै कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

घटनाको वास्तविक कारण, झडपमा संलग्न व्यक्तिहरूको पहिचान तथा प्रहरीबाट गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४