Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिकित्सक कुटिएपछि नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूको सुरक्षाको प्रत्याभूति नभएको भन्दै आइतबारदेखि आकस्मिक सेवा स्थगित गरेका हुन्।

आकस्मिक सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र उनीहरूका आफन्त प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। अस्पताल स्रोतका अनुसार सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म आकस्मिक कक्ष सञ्चालन गर्न कठिन हुने भन्दै चिकित्सकहरूले सेवा रोकेका हुन्।

शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरेका थिए।

आक्रमणमा गम्भीर घाइते भएका डा. रामको नारायणी अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ। चिकित्सकको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ।

यस घटनाप्रति नेपाल चिकित्सक सङ्घले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै डा. प्रमोद राममाथि भएको आक्रमणको कडा भर्त्सना गर्दै दोषीमाथि कानुनबमोजिम तत्काल कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

सङ्घका अनुसार शनिबार बेलुका करिब ४० देखि ५० जनाको अनियन्त्रित समूह अस्पताल प्रवेश गरी डा. राममाथि मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको थियो। उपचाररत चिकित्सकमाथि भएको यस्तो हिंसात्मक घटनाले सम्पूर्ण स्वास्थ्यकर्मी असुरक्षित महसुस गर्न बाध्य भएको सङ्घको भनाइ छ।

नेपाल चिकित्सक सङ्घले स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलका रूपमा विकास गर्न, अस्पतालभित्र हुने हिंसात्मक गतिविधि रोक्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ।

अस्पताल प्रशासनले पनि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। सेवा सुचारु गर्ने विषय चिकित्सकहरूको सुरक्षा सुनिश्चित हुने अवस्था बनेपछि निर्णय गरिने बताइएको छ। यस घटनाले अस्पतालमा उपचार सेवा, बिरामीको पहुँच र स्वास्थ्यकर्मीको सुरक्षाबारे गम्भीर बहस सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४