Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा सडक आन्दोलन गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 1.7K
    SHARES

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ ।

आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिने जानकारी दिए ।

उनका अनुसार बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली र भ्रष्टाचार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो ।

‘कार्यसम्पादन समितिको बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, भ्रष्टाचारमुक्त नेपाल र स्वायत्त शासन प्रणाली स्थापना गर्ने विषयमा छलफल गरेका छौं । यही एजेण्डालाई लिएर केन्द्रीय समितिको बैठकबाट भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा जाने निर्णय गर्नेछौं,’ अध्यक्ष लुइँटेलले भने ।

उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) माथि विदेशी स्वार्थअनुसार काम गरिरहेको आरोप लगाए ।

‘नेपाली कांग्रेस, एमाले, नेकपा र जेन–जी आन्दोलनबाट आएका बालेनजीहरूले विदेशीले बोकाइदिएको भारी बोकेका हुन् । विदेशी प्रभावका कारण अहिलेको अवस्था सिर्जना भएको हो,’ उनले दाबी गरे ।

अध्यक्ष लुइँटेलले भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि टिप्पणी गरे ।

‘भ्रष्टाचारीलाई समात्ने, थुन्ने अनि फेरि छोड्ने प्रवृत्तिले मुलुक अगाडि बढ्न सक्दैन । यसलाई रोक्नुपर्छ भन्ने प्रजातान्त्रिक पार्टी नेपालको स्पष्ट धारणा हो,’ उनले भने ।

उनले भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको एजेण्डा लिएर वर्षा सकिनेबित्तिकै पार्टी सडक आन्दोलनमा उत्रिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४