Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारी टाेलीले आज डा. गोविन्द केसीसँग वार्ता गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 646
    SHARES

काठमाडौं । कैलालीको धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारको उच्चस्तरीय टोली धनगढी पुगेको छ। सरकारले संवाद र सहमतिमार्फत समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित अधिकारीलाई वार्ताका लागि परिचालन गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको उडानमार्फत आइतबार धनगढी पुगेका हुन्। उनीहरूले डा. केसी पक्षसँग छलफल गरी सत्याग्रहको सहमतिपूर्ण समाधान खोज्ने प्रयास गर्ने जनाइएको छ।

यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका थिए। शिक्षामन्त्री पोखरेलले शुक्रबार डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ताको वातावरण निर्माण गर्न पहल गरेको पनि जनाइएको छ।

धनगढी पुगेको सरकारी टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग औपचारिक वार्ता गर्ने तयारी गरेको छ। सरकारका अनुसार संवादको माध्यमबाट दुवै पक्षका चासो र मागबारे छलफल गर्दै सहमतिमा पुग्ने प्रयास भइरहेको छ।

यसैबीच, निरन्तरको अनशनका कारण स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहअनुसार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उनको स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्दै आवश्यक उपचार सुरु गरिएको चिकित्सकहरूले बताएका छन्।

सरकारले वार्तालाई सकारात्मक निष्कर्षमा पुर्‍याएर सत्याग्रहको शान्तिपूर्ण अन्त्य गर्ने अपेक्षा व्यक्त गरेको छ। यता, डा. केसी पक्षले आफ्ना मागप्रति सरकार गम्भीर बनेमा सहमतिका लागि आफूहरू सकारात्मक रहेको संकेत दिएको स्रोतहरूले बताएका छन्।

सरकार र डा. केसी पक्षबीच हुने वार्ताको परिणामलाई स्वास्थ्य क्षेत्र, चिकित्सा शिक्षा तथा आम नागरिकले चासोका साथ हेरिरहेका छन्। वार्ताबाट निक्लने निष्कर्षले जारी सत्याग्रहको भविष्य र सरकारको आगामी कदम निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४