Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन स्थानीय नागरिक, अन्य सुरक्षा तथा प्रशासनिक निकाय र सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनले सीमा व्यवस्थापनका लागि छिमेकी राष्ट्रका समकक्षी सुरक्षा निकायहरूसँगको सम्बन्धलाई समेत थप प्रभावकारी बनाइने उल्लेख गरे । उत्तर र दक्षिण दुवैतर्फका समकक्षीहरूसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर सीमा सुरक्षा र अपराध नियन्त्रणका कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘सशस्त्र प्रहरी बल सीमा क्षेत्रका नागरिक, स्थानीय समुदाय, सुरक्षा तथा प्रशासनिक निकाय र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धताका साथ काम गरिरहेको छ,’ उनले भने, ‘उत्तरतर्फ र दक्षिणतर्फका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाई दुई देशबीच समन्वयका माध्यमबाट सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइनेछ ।

हालसम्म संगठनले सीमा सुरक्षा, नागरिकको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि प्रचलित कानुन, उपलब्ध स्रोत–साधन र क्षमताअनुसार सीमा क्षेत्रको सुरक्षा, शान्ति–सुव्यवस्था र समग्र सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने दिशामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहनेछ ।’

सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्थाका लागि विगतदेखि नै विभिन्न सुरक्षा कारबाही र गतिविधिहरू सञ्चालन गर्दै आएको महानिरीक्षक पौडेलले बताए ।

आगामी दिनमा पनि प्रचलित कानुनको परिधिभित्र रही उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई थप मजबुत बनाउन सङ्गठन क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४