Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी भदाैमा ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ काे आयोजना हुने प्रतियोगितामा सहभागी हुन दरखास्त फाराम पनि खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 988
    SHARES

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६२औँ शिशु प्रदर्शनीको अवसरमा ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ। शिशुको समुचित शारीरिक, मानसिक तथा पोषण अवस्थाबारे अभिभावकलाई सचेत गराउने उद्देश्यले हरेक वर्ष सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विशेष रूपमा आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार भदौ ११ गते बिहीबार आयोजना हुने उक्त प्रतिस्पर्धामा जन्मदेखि एक वर्षसम्मका शिशुहरू सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेसम्म आवेदन फाराम भरिसक्नुपर्नेछ।

प्रतियोगिताका लागि आवेदन दिँदा फिर्ता नहुने गरी १०० रुपैयाँ शुल्क अस्पतालको नगद काउन्टरमा बुझाई त्यसको भौचर आवेदन फारामसँग संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

अस्पतालले जानकारी दिएअनुसार आवेदन फाराम ब्लक ‘ई’ को तेस्रो तल्लामा रहेको बालरोग ओपिडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट प्राप्त गर्न सकिनेछ।

अस्पतालका अनुसार स्वस्थ शिशु प्रतिस्पर्धामा सहभागी बालबालिकाको स्वास्थ्य अवस्था, उमेरअनुसारको शारीरिक वृद्धि, तौल, उचाइ, पोषण अवस्था, खोपको स्थिति तथा समग्र विकासका आधारमा मूल्याङ्कन गरिनेछ। उत्कृष्ट ठहरिएका शिशुहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।

यस प्रकारका प्रतियोगिताले अभिभावकलाई बाल स्वास्थ्य, पोषण, सरसफाइ तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउनुका साथै बालबालिकाको स्वस्थ विकासप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको विश्वास छ।

अस्पतालले निर्धारित समयभित्र आवेदन दिई आफ्ना शिशुहरूलाई प्रतिस्पर्धामा सहभागी गराउन इच्छुक अभिभावकहरूलाई आग्रह गरेको छ। साथै, आवेदनका क्रममा आवश्यक कागजात तथा थप जानकारीका लागि अस्पतालको सम्बन्धित शाखा वा हेल्प डेस्कमा सम्पर्क गर्न सकिने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४