Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाकाली नदीमा जलस्तर घटेपछि भारततर्फको यातायात पुनः सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ६ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । महाकाली नदीमा पानीको बहाव घटेपछि नेपाल–भारत जोड्ने पश्चिमी नाका अन्तर्गत शारदा ब्यारेज (बनबासा पुल) बाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाका कारण बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार राति नदीको बहाव घटेर ८६ हजार क्युसेकमा पुगेपछि सवारी सञ्चालन पुनः खुला गरिएको हो।

यसअघि मंगलबार दिउँसो नदीको बहाव एक लाख २४ हजार क्युसेकसम्म पुगेको थियो। जलस्तर उच्च भएपछि पुलको सुरक्षालाई ध्यानमा राख्दै चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको थियो भने मोटरसाइकल र पैदल यात्रुलाई भने बिहानैदेखि आवागमन गर्न अनुमति दिइएको थियो।

महाकाली नदीको जलस्तर घटेसँगै अहिले बनबासा पुलबाट सवारी आवागमन सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ। यसले पश्चिमी नाकाबाट हुने यात्रु तथा मालवाहक सवारीको आवागमन सहज भएको छ।

भारतीय पक्षले एक सय वर्षभन्दा पुरानो शारदा ब्यारेज (बनबासा पुल) जीर्ण अवस्थामा रहेको भन्दै बाढीका बेला संरचनामा जोखिम बढ्न सक्ने कारण देखाएर लामो समयदेखि उच्च बहावको समयमा चारपाङ्ग्रे सवारी सञ्चालन नगर्न आग्रह गर्दै आएको छ।

प्रशासनले भने मनसुन सक्रिय रहेकाले महाकाली नदीको जलस्तर फेरि बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दा तथा यात्रुलाई मौसम र नदीको अवस्थाबारे जारी हुने आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४