Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर मनसुनी प्रभाव कायम : पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ५ २०८३
  • 817
    SHARES

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ तथा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षासँगै पहाडी जिल्लामा पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुने जोखिम बढ्ने भएकाले यात्रामा निस्कने नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई पनि सचेत रहन आग्रह गरिएको छ।

महाशाखाले आज रातिको मौसम पनि वर्षामुखी रहने जनाएको छ। रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने, नदी तथा खोलामा आकस्मिक बाढी आउने र शहरी क्षेत्रमा डुबान हुने जोखिम बढ्न सक्छ। त्यसैले मौसमको नियमित जानकारी लिन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

विशेषगरी राजमार्ग हुँदै यात्रा गर्ने सवारी चालक, नदी किनार तथा पहिरोको जोखिम भएका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कृषकहरूले खेतबारीमा काम गर्दा चट्याङबाट बच्ने उपाय अपनाउन तथा खुला स्थानमा लामो समय नबस्न पनि सुझाव दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म पनि देशभर मनसुनी गतिविधि सक्रिय रहने संकेत दिएको छ। त्यसैले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवाला निकायलाई आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४