Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ४ २०८३
  • 627
    SHARES

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ ।

मनसुनजन्य विपद् वा महामारी जस्ता सङ्कटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो । “विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरूबीच समन्वयात्मक रूपमा गरिने छ”, निर्णयमा भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम हुनसक्ने भएको सोको न्यूनीकरण गर्न विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ ।

मनसुनको अवधिमा देशको विभिन्न स्थानमा वर्षा भइरहँदा सम्भावित बाढीपहिरो, डुबानलगायत मनसुनजन्य विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन प्राधिकरणले समन्वयलाई थप तीव्र बनाएको जानकारी दिएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले पनि मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकार भएका निकायबीच समन्वयलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४