Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले १ सय ६६ कानूनको सूची संघीय संसद्लाई बुझायो, प्राथमिकतामा ६४ कानून मात्र


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३ २०८३
  • 893
    SHARES

काठमाडौं । सरकारले यस वर्ष १ सय ६६ वटा कानून बनाउनेगरी सूची संसद् सचिवालयमा बुझाएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै भन्दा बढी १७, पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १६–१६ वटा कानून बनाउने सूची संसद् सचिवालयमा दर्ता गराएको हाे। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयबाट १५–१५ वटा, कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट १३ वटा कानून बनाउने सूची दर्ता भएको छ ।

गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ११–११ वटा, शिक्षा तथा खेलकुद मन्त्रालयबाट ९ वटा, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ८ वटा, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट ७ वटा रहेका छन् । त्यसरी नै सूचना तथा सञ्चार ६, युवा, श्रम तथा रोजगार ५, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय ४–४ र एउटा रक्षा मन्त्रालयका विधेयक हुने भएका हुन् ।

विधायन ऐन, २०८० अनुसार सरकारले विधेयक संसद् सचिवालयमा सूची दर्ता गराउनुपर्ने व्यवस्था छ । ऐनको दफा ३ मा विभागीय मन्त्रालयहरूले वर्षभरि बनाउने कानूनको सूची जेठ महिनाभित्र कानून मन्त्रालयमा बुझाउनुपर्ने र कानून मन्त्रालयले उक्त सूचीमा प्राथमिकता क्रमसमेत निर्धारण गरी पठाउनुपर्ने व्यवस्था रहेकाे हाे ।

साेही व्यवस्थाअनुरूप सरकारले १ सय ६६ कानून बनाउने सूची पठाएको हो । जसमा पहिलो प्राथमिकतामा ६४ कानून मात्पर रेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४