Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा ३० वर्षमाथिका सैनिकको वार्षिक हर्मोन परीक्षण अनिवार्य रूपमा गर्ने सरकारकाे निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३२ २०८३
  • 456
    SHARES

एजेन्सी । अमेरिकी सरकारले ३० वर्षमाथिका सैनिकहरूको वार्षिक हर्मोन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार यस्ताे निर्णय गरेसँगै सैनिकहरूको स्वास्थ्य र युद्ध क्षमता सुदृढ बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिने जानकारी दिएको रोयटर्सले जनाएको हाे । रक्षामन्त्री हेगसेथलेअब ३० वर्ष वा सो भन्दा बढी उमेरका सबै सैनिकले वर्षमा एक पटक टेस्टोस्टेरोन परीक्षण गराउनुपर्ने बताउनुभयाे । बढ्दो उमेरसँगै शरीरमा टेस्टोस्टेरोनको मात्रा स्वाभाविक रूपमा घट्ने भएकाले त्यसको पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभएकाे छ।

रक्षामन्त्री हेगसेथले परीक्षणका क्रममा टेस्टोस्टेरोनको कमी देखिएका सैनिकलाई आवश्यकताअनुसार टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी पनि उपलब्ध गराइने समेत बताउनुभयाे । यस उपचारले हर्मोनको स्तर सन्तुलनमा राख्न र सैनिकलाई पूर्ण शारीरिक तथा मानसिक क्षमताका साथ सेवा गर्न सहयोग पुर्‍याउने उहाँकाे भनाइ छ । रक्षामन्त्री हेगसेथले भिडियो सन्देशमार्फत विज्ञानले पनि उमेर बढ्दै जाँदा टेस्टोस्टेरोनको मात्रा क्रमशः घट्ने तथ्यलाई स्वीकार गरेको उल्लेख गर्दै त्यसलाई समयमै पहिचान गरी उपचार गर्नु आवश्यक रहेको बताउनुभयाे।

३० वर्ष भन्दा कम उमेरका सैनिकले पनि आवश्यक ठानेमा उक्त परीक्षण गराउन सक्ने व्यवस्था गरिएको छ । यो निर्णय अमेरिकी स्वास्थ्य विभागले टेस्टोस्टेरोन उपचार सम्बन्धी केही पुराना कडा नियमहरू खुकुलो बनाउने घोषणा गरेको केही समयपछि आएको हो । तर, यसले राजनीतिक विवाद पनि निम्त्याएको छ ।

डेमोक्रयाट सांसदहरूले सरकारको निर्णयमाथि प्रश्न उठाउँदै केही समयअघि ट्रान्सजेन्डर सैनिकका लागि हर्मोन उपचारमा प्रतिबन्ध लगाइएको विषयसँग यसको तुलना गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४