Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, वर्षासँगै आगामी सातामा गति बढ्ने अपेक्षा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३१ २०८३
  • 570
    SHARES

काठमाडाैं । देशभर यस वर्षको धान रोपाइँ करिब ५० प्रतिशत सम्पन्न भएको छ। कृषि विभागका अनुसार मनसुन सक्रिय भएसँगै अधिकांश जिल्लामा किसान धान रोपाइँमा व्यस्त छन् भने आगामी एक सातामा पर्याप्त वर्षा कायम रहे रोपाइँको गति अझ तीव्र हुने अपेक्षा गरिएको छ।

कृषि विभागले यस वर्ष देशभर १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखेको छ। हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। तर यस वर्ष मनसुन केही ढिलो सक्रिय भएका कारण हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको हो। यद्यपि पछिल्ला दिनहरूमा देशका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले रोपाइँले तीव्रता लिने विश्वास विभागले गरेको छ।

प्रदेशगत तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। त्यहाँ हालसम्म ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६० प्रतिशत, लुम्बिनी प्रदेशमा ५९ प्रतिशत र बागमती प्रदेशमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

यता, कोशी प्रदेशमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। यी प्रदेशमा मनसुन ढिलो सक्रिय हुनु, पर्याप्त वर्षा नहुनु तथा केही स्थानमा सिँचाइको अभावका कारण रोपाइँ अपेक्षाकृत कम भएको कृषि विभागको भनाइ छ।

नेपालमा धान प्रमुख खाद्यान्न बालीका रूपमा चिनिन्छ र कुल कृषि उत्पादन तथा खाद्य सुरक्षामा यसको महत्वपूर्ण योगदान छ। समयमै रोपाइँ सम्पन्न हुँदा उत्पादन वृद्धि हुने र किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने कृषि विज्ञहरूको भनाइ छ।

कृषि विभागले अहिले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले आगामी साताभित्र धान रोपाइँ उल्लेखनीय रूपमा बढ्ने अनुमान गरेको छ। यद्यपि बाढी, पहिरो, डुबान वा अन्य प्राकृतिक विपद् नआएमा मात्र रोपाइँ सहज रूपमा अघि बढ्ने विभागले जनाएको छ।

विभागले किसानलाई स्थानीय मौसमको अवस्था र कृषि प्राविधिकको सल्लाहअनुसार धान रोपाइँ सम्पन्न गर्न तथा अत्यधिक वर्षा वा बाढीको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४