Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होल्डिङ सेन्टरका सुकुम्बासी युवालाई सीप विकास र रोजगारीमा जोड्ने सरकारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०८३
  • 931
    SHARES

काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी युवालाई लक्षित गरी विशेष सीप विकास तथा रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। युवालाई आत्मनिर्भर बनाउने, आयआर्जनको अवसर सिर्जना गर्ने तथा दीर्घकालीन रूपमा रोजगारी सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो।

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्बासी परिवारसँग भेटघाट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुम्बासी युवाको आवश्यकता र क्षमताको पहिचान गरी उनीहरूलाई उपयुक्त सीपमूलक तालिम तथा रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री यादवले सरकारले केवल अस्थायी राहतमा सीमित नभई सुकुम्बासी परिवारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने दीर्घकालीन योजना अघि बढाइरहेको बताए। उनका अनुसार सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आन्तरिक रोजगारीका अवसर विस्तारमार्फत युवालाई उत्पादनशील क्षेत्रमा आबद्ध गरिनेछ।

“यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ,” मन्त्री यादवले भने। उनले मन्त्रालयअन्तर्गतको आन्तरिक रोजगार महाशाखा तथा सम्बन्धित शाखाहरूले कार्यक्रमको ढाँचा तयार पार्ने गृहकार्य तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए।

मन्त्री यादवका अनुसार सुकुम्बासी युवाको हकमा कुनै एकै प्रकारको तालिम लागू नगरी उनीहरूको शैक्षिक अवस्था, अनुभव, रुचि, स्थानीय आवश्यकता तथा बजारको मागलाई आधार बनाएर ‘ट्रेनिङ निड एसेस्मेन्ट’ (Training Need Assessment) गरिनेछ। त्यसपछि आवश्यकताअनुसार व्यावसायिक तालिम, स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारीका कार्यक्रम सञ्चालन गरिनेछन्।

सरकारले कृषि, निर्माण, पर्यटन, सूचना प्रविधि, सेवा क्षेत्र, साना तथा घरेलु उद्योगलगायत विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। तालिम पूरा गरेका युवालाई रोजगारीसँग जोड्ने तथा स्वरोजगारका लागि आवश्यक सहजीकरण गर्ने योजना पनि रहेको बताइएको छ।

आइतबार श्रममन्त्री यादवसहित विभिन्न मन्त्रालयका मन्त्रीहरूको टोली भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टर पुगेको थियो। टोलीले त्यहाँ रहेका सुकुम्बासी परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको गुनासो, आवश्यकता तथा समस्या सुनेको थियो।

भेटका क्रममा सुकुम्बासीहरूले स्थायी आवास, भूमि व्यवस्थापन, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा आधारभूत सुविधाको अभावलगायतका समस्या सरकारसमक्ष राखेका थिए। मन्त्रीहरूले ती समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरी आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

सरकारले सुकुम्बासी तथा भूमिहीन नागरिकको जीवनस्तर सुधार, आर्थिक सशक्तीकरण र सामाजिक पुनःस्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न मन्त्रालयको सहकार्यमा एकीकृत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। यसअन्तर्गत सीप विकास, रोजगारी, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४