Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०८३
  • 779
    SHARES

काठमाडौं । सुकुम्बासीमाथि राज्यले दुव्र्यवहार र आतंक मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संघले आईतवार सरकार जनविरोधी नीतिमा अघि बढिरहेको भन्दै काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । संघले प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ ।

संघका अध्यक्ष सुवास जिसीले सुकुम्बासीमाथि भएको राज्यको व्यवहार र गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाइएको कारण आफूहरु प्रदर्शनमा उत्रिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुकुम्बासीमाथि राज्यद्वारा दुव्र्यवहार गर्ने र आतंक गर्ने जुन भएको छ यसका विरुद्ध हामी आन्दोलनमा आएका छौँ । प्रहरीद्वारा जुन प्रकारको अमानवीय ढङ्गले व्यवहार गरियो र त्यसको कारणले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति सिर्जना भयो ।

यो दुईवटा विषयहरूलाई लिएर चाहिँ हामी आन्दोलनमा आएका हौँ ।’ सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४