Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, नेपालगञ्ज–गुलरिया आवतजावत अब थप सहज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०८३
  • 1.2K
    SHARES

काठमाडौं। बाँकेको खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा कुनै अवरोध आए पनि यातायात सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले नयाँ वैकल्पिक सडक निर्माण गरेको छ। धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने उक्त सडक सञ्चालनमा आएपछि स्थानीयवासी तथा यात्रुले सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्।

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य हुलाकी सडकको विकल्पका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श माध्यमिक विद्यालय, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो। यसले आकस्मिक अवस्था वा सडक अवरुद्ध हुँदा यातायातलाई निरन्तर सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

अध्यक्ष विकले हुलाकी सडकअन्तर्गत पर्ने खजुरा बजार तथा पेडारी नाला क्षेत्रमा बाढी, मर्मतसम्भार वा अन्य कारणले यातायात अवरुद्ध भए पनि अब नयाँ वैकल्पिक सडकमार्फत नेपालगञ्जदेखि गुलरियासम्म सहज रूपमा आवतजावत गर्न सकिने बताए।

यस सडकलाई प्रभावकारी बनाउन प्रदेश सरकारको रु ६ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न गरिएको छ। पुल सञ्चालनमा आएपछि वैकल्पिक सडक पूर्ण रूपमा प्रयोगयोग्य बनेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालसँग जोड्ने अभियान सञ्चालन गरिरहेको छ। प्रत्येक टोलसम्म कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने लक्ष्यसहित विभिन्न योजनाहरू कार्यान्वयन भइरहेका छन्।

त्यसैगरी, वर्षायाममा हुने डुबानको समस्या समाधान गर्न ढल तथा नालाको निर्माण र स्तरोन्नतिलाई पनि तीव्रता दिइएको छ। उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ निर्माण गर्ने लक्ष्यअनुसार विभिन्न पूर्वाधार विकासका काम अघि बढिरहेको गाउँपालिकाले जनाएको छ।

स्थानीयवासीका अनुसार नयाँ वैकल्पिक सडक निर्माण भएपछि दैनिक आवतजावत सहज हुनुका साथै विपद् वा आकस्मिक अवस्थामा यातायात अवरुद्ध हुने जोखिम पनि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसले स्थानीय व्यापार, कृषि उत्पादनको ढुवानी तथा आपत्कालीन सेवामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४