Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 475
    SHARES

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबारसम्म इबोला सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६४८ पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका नयाँ सङ्क्रमण र मृत्युका घटनासमेत समावेश गरिएको जनाएको छ। प्रकोप फैलिने क्रम नरोकिएपछि सरकारले प्रभावित क्षेत्रहरूमा निगरानी, उपचार तथा रोकथामका उपायहरू थप प्रभावकारी बनाएको जनाएको छ।

स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै इबोला प्रकोपबाट उच्च जोखिममा रहेका प्रान्तहरूको सूची विस्तार गरिएको जानकारी दिएका छन्। उनका अनुसार देशको उत्तर तथा उत्तरपूर्वी क्षेत्रका सोपो र हाट–युले प्रान्तलाई पनि उच्च प्रभावित क्षेत्रको सूचीमा समावेश गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन, सङ्क्रमितको पहिचान, सम्पर्कमा आएका व्यक्तिको निगरानी, उपचार तथा जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यमा प्रकोप नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाइँदै छ।

यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कङ्गोमा इबोला सङ्क्रमणको वास्तविक अवस्था आधिकारिक तथ्याङ्कभन्दा दुईदेखि चार गुणासम्म बढी हुन सक्ने चेतावनी दिएको थियो। डब्लुएचओका अनुसार दुर्गम क्षेत्र, सीमित स्वास्थ्य पहुँच र सबै सङ्क्रमितको पहिचान हुन नसक्दा वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

स्वास्थ्य विज्ञहरूले इबोला नियन्त्रणका लागि समयमै सङ्क्रमितको पहिचान, आइसोलेसन, सम्पर्कमा आएका व्यक्तिको निगरानी, सुरक्षित स्वास्थ्य सेवा तथा जनचेतना अभिवृद्धि अत्यन्तै आवश्यक रहेको बताएका छन्। प्रकोपको अवस्था जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले पनि कङ्गोलाई आवश्यक स्वास्थ्य सामग्री, प्राविधिक सहयोग र आर्थिक सहायता उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४