Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २५ २०८३
  • 665
    SHARES

काठमाडौं । मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ ।

उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको विपद् शाखाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दोदा र महाकाली नदीसँग जोडिएका वडा बाढी तथा डुबानको उच्च जोखिममा छन् ।

विशेषगरी वडा नम्बर ५ सबैभन्दा बढी जोखिममा रहेको छ भने वडा नम्बर २, ६, ८ र १० पनि डुबानको जोखिममा रहेका छन् । ती क्षेत्रका करिब एक हजार ५०० भन्दा बढी परिवार सम्भावित डुबानको उच्च जोखिममा रहेका छन् ।

सम्भावित विपद्को सूचना छिटो आदान–प्रदान गर्न समुदायस्तरीय विपद् व्यवस्थापन समिति (सिडीएमसी)लाई सक्रिय बनाइएको छ । समितिमा आबद्ध व्यक्तिहरूको वाट्सएप समूह गठन गरी बाढी वा अन्य विपद्को सूचना तत्काल प्रवाह तथा उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था मिलाइएको पाण्डेयले जानकारी दिए ।

विपद् सम्पर्क व्यक्ति पाण्डेयका अनुसार नगरपालिकाले सबै वडामा विपद्का बेला आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिसकेको छ । खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एक–एक थान रबर बोट उपलब्ध गराइएको छ ।

साथै आपत्कालीन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइनुका साथै राहत तथा उद्धार सामग्री भण्डारणका लागि गोदामघरको व्यवस्था गरिएको छ । विपद्को सामना गर्न नगरपालिकाले रु ५९ लाखको विपद् कोष स्थापना गरेको छ ।

उक्त कोषमा जनप्रतिनिधि र कर्मचारीहरूले एक दिनको पारिश्रमिकस्वरूप रु एक लाख ७७ हजार ५५५ योगदान गरेका छन् । कोषको रकम विपद् प्रतिकार्य, राहत वितरण, क्षतिग्रस्त घर पुनर्निर्माण तथा विपद्पछि फैलिन सक्ने महामारी नियन्त्रणमा खर्च गरिने व्यवस्था मिलाइएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन २१ दिने तालिमप्राप्त २९ जना स्वयंसेवक समेत तयारी अवस्थामा राखिएको छ । पूर्वसूचना, प्राथमिक उपचार, खोज तथा उद्धारलगायतका टोली गठन गरी प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

नगरपालिकाभित्र पर्ने नकैया नालामा बाँध निर्माणका साथै अवरुद्ध नाला तथा पानी निकासका संरचनाको सरसफाइलाई तीव्रता दिइएको छ । पाण्डेयका अनुसार होचा स्थानमा बनेका घर र सडक निर्माणसँगै पानीको प्राकृतिक बहाव अवरुद्ध हुनु तथा अधिकांश क्षेत्रमा व्यवस्थित ढल र नगरपालिकाका सबै क्षेत्रमा ड्रेनेज प्रणालीको व्यवस्था नहुनुका कारण सामान्य वर्षामै समेत डुबानको समस्या देखिने गरेको छ ।

नगरपालिकाले मनसुन अवधिभर सबै सरोकारवाला निकायसँग समन्वय गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४