Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा विश्कप २०२६: कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २४ २०८३
  • 760
    SHARES

काठमाडौं। स्वीट्जरल्यान्डले कोलम्बियामाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। क्यानडाको बिसी प्लेस, भ्यानकुभर स्टेडियममा बुधबार सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्वीट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।

दुवै टोलीबीच निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक बने पनि कुनै पनि टोलीले गोल गर्न सकेन। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरी कायम रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफलतापूर्वक गोल गरे। टोलीका म्यानुअल अकांजीको प्रहार भने लक्ष्यभन्दा बाहिरिएको थियो। यद्यपि अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि स्वीट्जरल्यान्डले जित हात पार्न सफल भयो।

कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीलाई गोलमा परिणत गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले आफ्नो प्रहार सफल बनाउन नसक्दा कोलम्बियाको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ।

खेलभर दुवै टोलीले आक्रामक र सन्तुलित प्रदर्शन गरेका थिए। दुवै पक्षले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरे पनि गोलरक्षक र रक्षापङ्क्तिको उत्कृष्ट प्रदर्शनका कारण खेल अतिरिक्त समयसम्म पनि गोलरहित रह्यो। अन्ततः पेनाल्टी सुटआउटले विजेताको टुंगो लगाएको हो।

यस नतिजासँगै फिफा विश्वकप २०२६ को अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन्। अब प्रतियोगिता क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछ, जहाँ स्वीट्जरल्यान्डले अर्को कठिन प्रतिद्वन्द्वी अर्जेन्टिनासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। फुटबल समर्थकहरूका लागि यो खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४