Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २३ २०८३
  • 1.1K
    SHARES

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जना अर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।

यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागी भएको उनले जानकारी दिए ।

परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्ने उनले जानकारी दिए ।

नतिजा हेर्न सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ ।

परीक्षार्थीको नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तर पुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४