Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पूर्वसभापति देउवाका छाेरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागकाे निर्देशन (सूचनासहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २३ २०८३
  • 570
    SHARES

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हाे । विभागले जारी गरेकाे सूचनामा बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरेको जनाएको छ । यसअघि विभागले पूर्वसभापति देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पनि बयानका लागि बोलाइसकेको थियो। उनीहरूले विभागलाई साउन मसान्तभित्र उपस्थित हुने जानकारी गराएका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान जारी रहेकाले आवश्यक प्रक्रिया अनुसार सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको विभागले जनाएको हाे। अनुसन्धान कुन विषयसँग सम्बन्धित हो भन्ने बारेमा विभागले भने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४