Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा विधानमा सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई पदमुक्त गर्न सक्ने प्रावधान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २३ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ ।

पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक तथा राजनीतिक नेतृत्व अन्तर्गत समावेश गरिएको हाे । रास्वपाको संसदीय दलको नेतामा प्रधानमन्त्री बालेन्द्र शाह रहनुभएकाे छ। पार्टीले संसदीय दलसँग समन्वय गर्ने अधिकार सभापतिलाई दिइएको हाे । पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक मार्गनिर्देशन प्रदान गर्ने कार्य सभापतिको अधिकार तोकिएको हाे ।

सभापतिले दिएको मार्गनिर्देशनको पालना संसदीय दल, संसदीय दलको नेता तथा सदस्यहरुको अनिवार्य कर्तव्य हुने विधानमा उल्लेख गरिएको छ । विधानको यो व्यवस्था अनुसार सभापतिले दिएका निर्देशन संसदीय दलका नेता रहेका प्रधानमन्त्री शाहसहित सबै रास्वपा सांसदले पालना गर्नुपर्दछ । सभापतिले दिएको निर्देशन पालना नगरे पदमुक्त गर्नसक्ने व्यवस्था विधानमा राखिएको छ ।

सभापतिलाई दिइएको यो अधिकार अनुसार उनले संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने व्यवस्था विधानको दफा ६८ ९१–ङ ० मा राखिएको हाे । विधानको उक्त विधि उल्लंघन गरे सभापतिले संसदीय दलको नेता हटाउन सकिने गरी प्रावधान राखिएको छ । विधानको यो व्यवस्था अनुसार सभापति रवि लामिछानेले दिएको नीतिगत निर्देशन संसदीय दल, संसदीय दलको नेता र सांसदहरूले अनिवार्य रुपमा पालना नगरेमा उहाँले पदमुक्त गर्न सक्नुहुने छ।

रास्वपाकाे विधानकाे व्यवस्था राखिएका प्रावधान तल उल्लेख गरिएकाे छ:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४