Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गम्भीर मुद्दाका प्रतिवादीको बयान गराउँदा अनिवार्य भिडियो खिच्न सर्वोच्चको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २२ २०८३
  • 437
    SHARES

काठमाडौँ । सर्वोच्च अदालतले फौजदारी मुद्दाको अनुसन्धानका क्रममा अभियुक्तले कानुन व्यवसायीको सहयोग लिन पाउने अधिकारलाई थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अनुसन्धानको क्रममा अभियुक्तको बयान लिँदा उसले रोजेको कानुन व्यवसायीलाई सापेक्ष रूपमा उपस्थित हुन पाउने गरी कानुनी व्यवस्था परिमार्जन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो।

चक्रवर्ती ल कलेजका विद्यार्थी सुवास चन्द्र झा र चक्र बहादुर रसाइलीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। निवेदकहरूले बयानका क्रममा कानुन व्यवसायीको भौतिक उपस्थिति अनिवार्य गर्न माग गरेका थिए।

यद्यपि, अदालतले उक्त मागअनुसार परमादेश जारी गर्नुपर्ने आवश्यकता नरहेको ठहर गर्दै रिट निवेदन खारेज गरेको छ। तर, फौजदारी न्याय प्रणालीमा स्वच्छ सुनुवाइ सुनिश्चित गर्न पाँचबुँदे निर्देशनात्मक आदेश भने जारी गरिएको छ।

सर्वोच्चले पक्राउ परेका व्यक्तिले बयानका क्रममा कानुन व्यवसायीको भौतिक उपस्थितिको माग गरेमा अनुसन्धानको गोपनीयतामा असर नपर्ने गरी बयान कक्षमा पहुँच दिनुपर्ने स्पष्ट पारेको छ। साथै, संविधानको धारा २० (२) र फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार कानुन व्यवसायीसँग सल्लाह लिन पाउने हकलाई व्यवहारमा प्रभावकारी बनाउन कानुनी प्रावधान परिमार्जन गर्न भनिएको छ।

अदालतले अनुसन्धानका क्रममा हुने सम्भावित शारीरिक तथा मानसिक यातना रोक्न गम्भीर प्रकृतिका मुद्दामा अनिवार्य रूपमा श्रव्य–दृश्य (भिडियो) रेकर्डिङ प्रणाली लागू गर्नसमेत निर्देशन दिएको छ।

यसैगरी, आर्थिक वा अन्य कारणले कानुन व्यवसायी राख्न नसक्ने अभियुक्तका लागि सुरुदेखि नै कानुनी सहयोग सुनिश्चित गर्न महान्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसनबीच समन्वय गरी प्रभावकारी व्यवस्था गर्न पनि आदेश दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४