Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको लक्ष्य- कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २१ २०८३
  • 741
    SHARES

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत पर्ने भैरहवा–कोरला सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउने उद्देश्यअनुसार उक्त सडकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने महत्वपूर्ण मार्गका रूपमा विकास गरिने उनले बताए।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार आयोजना गरेको ‘मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कालिगण्डकी करिडोर नेपालको धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको महत्वपूर्ण केन्द्र भएकाले यसको पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

उनले दक्षिणको भैरहवादेखि उत्तरमा चीनको सीमा नाका कोरलासम्म जोड्ने सडकलाई यथाशीघ्र स्तरोन्नति गरी सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री राजमार्गका रूपमा विकास गरिने बताए। उक्त सडक सञ्चालनमा आएपछि मुस्ताङलगायत हिमाली क्षेत्रको पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास उनले व्यक्त गरे।

मन्त्री पौडेलले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै हिमाली जिल्लाबीचको सडक सञ्जाल विस्तारले पर्यटन प्रवर्द्धनका साथै स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उनका अनुसार सरकारले सडक पूर्वाधारसँगै पर्यटकीय सेवा, विश्रामस्थल, सूचना केन्द्र तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई पनि क्रमिक रूपमा अघि बढाउने योजना बनाएको छ, जसले आन्तरिक र बाह्य पर्यटकको बसाइ अवधि तथा खर्च बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

छलफलका क्रममा मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा उच्च हिमाली भेगका कारण धेरै पर्यटक ‘लेक लाग्ने’ (उच्च उचाइको असर) समस्याबाट प्रभावित हुने गरेको उल्लेख गर्दै त्यसको व्यवस्थापनका लागि नयाँ उपाय आवश्यक रहेको बताए। उनले पर्यटकलाई उचाइअनुसार अनुकूलन (Acclimatization) गर्न सहयोग पुग्ने गरी ‘पर्यटक टाइम कार्ड’ प्रणाली लागू गर्ने विषयमा सम्बन्धित निकायले अध्ययन गर्नुपर्ने सुझाव दिए।

उनले पर्यटकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सेवा, उद्धार संयन्त्र तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्रेकिङ तथा यातायात क्षेत्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले मुस्ताङको पर्यटन विकासका सम्भावना, पूर्वाधार अभाव, सडकको अवस्था, पर्यटक सुरक्षा, सेवा विस्तार तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।

सहभागीहरूले मुस्ताङलाई चारै मौसममा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। मन्त्री पौडेलले प्राप्त सुझावलाई सरकारको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ बनाइने बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४