Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २० २०८३
  • 684
    SHARES

काठमाडाैं । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथसम्पन्न भएसँगै आवागमन सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो ।

घरपझोङ गाउँपालिकाअन्तर्गत सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटरको चक्रपथको हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए ।

वि.सं २०७७ माघसम्म निर्माण सम्पन्न गर्रेगरी विसं २०७६ असार २६ गते ठेक्का सम्झौता भएको थियो । कोभिड माहामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारणले काम सम्पन्न हुने नसकेको उनले उल्लेख गरे ।

सुरुआती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिए पनि पटकपटक म्याद थप गरी सात वर्षमा निर्माण सम्पन्न भएको हो । इन्जिनीयर पाण्डेका अनुसार उक्त चक्रपथ रु २१ करोड ३५ लाख ६१ हजार लागतमा बन्दन भगवती जलजला जेभी कन्ट्रक्सनले निर्माण गरेको हो ।

दश दशमलव पाँच किमीमध्ये पाँच दशमलव पाँच किमी सडक ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको जनाउँदै बाँकी ग्राभेल गरिएको उनले बताए ।

यसैबीच, निर्माण कम्पनीले ट्राफिक सङ्केतका चिह्न अङ्कित खम्बा गाड्ने, नाली सफा गर्ने, सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि बार लगाउनेलगायतका कार्य सम्पन्न भइसकेका इन्जिनियर पाण्डेले जानकारी दिए ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिकास्थित कालिगण्डकी पारिका ओझेलमा परेका गाउँ जोड्ने गरी चक्रपथ निर्माण गरिएको । पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

घरपझोङ गाउँपालिकाका पाँच वटै वडा जोड्ने चक्रपथ निर्माणले स्थानीय नागरिकलाई सदरमुकाम जोमसोम आउन जान सहज भएको घरपझोङ–५ का वडाध्यक्ष प्रदीप थकालीले बताए । उनका अनुसार यसअघि कालिगण्डकी पारिका गाउँमा सडकको पहुँच नहुँदा उत्पादित कृषिउपजको बजारीकरणमा समस्या आएको थियो ।

यसैगरी घरपझोङ चक्रपथ सडकअन्तर्गत जोमसोमबाट ढुम्बातालसम्म कालोपत्र विस्तार गरिएपछि मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकलाई आवागमनमा सहज भएका वडाध्यक्ष थकालीले बताए । ‘सडक स्तरोन्नतिसँगै मुक्तिनाथ हुँदै ढुम्बातालको अवलोकन गर्न आएका पर्यटकका लागि यातायातको सुविधा विस्तार भएको छ । यसले पर्यटन प्रवर्धन गर्ने विश्वास छ’, उनले भने ।

0

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४