Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहको आह्वानमा संवैधानिक परिषदको बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १९ २०८३
  • 893
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजेका लागि आह्वान गर्नुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका दुई आयुक्तको नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ। निर्वाचन आयोगमा लामो समयदेखि रिक्त रहेका पदहरू पूर्ति गर्ने उद्देश्यले परिषद्को बैठक बोलाइएको हो।

प्रधानमन्त्री शाह प्रधानमन्त्री नियुक्त भएपछि बस्न लागेको यो दोस्रो संवैधानिक परिषद् बैठक हो। यसअघि गत वैशाख २४ गते बसेको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो।

हाल विभिन्न संवैधानिक निकायमा महत्वपूर्ण पदहरू रिक्त रहेका छन्। निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्तको पद खाली छ भने राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्यको पद रिक्त छ। त्यस्तै, मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद खाली रहेका छन्।

यसैगरी राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई पद तथा मधेसी आयोगमा अध्यक्षसहित दुई पद रिक्त रहेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद तथा राष्ट्रिय महिला आयोगमा एक सदस्य पद पनि लामो समयदेखि खाली रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले रिक्त पदहरूमा योग्य व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने प्रावधान रहेको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदमा नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

लामो समयदेखि संवैधानिक निकायमा रिक्त रहेका पदहरू पूर्ति हुन नसक्दा ती निकायको कार्यसम्पादनमा असर परेको भन्दै समयमै नियुक्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने माग उठ्दै आएको छ। परिषद्को शुक्रबारको बैठकबाट कम्तीमा निर्वाचन आयोगसहित केही संवैधानिक निकायका रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४