Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिसापानीमा निर्माणाधीन आधारभूत अस्पताल अलपत्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १८ २०८३
  • 874
    SHARES

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीन वर्षअघि सकिनु पर्ने अस्पताल अलपत्र परेको हो ।

२० करोड ७१ लाख ५ सय ९० रूपैयाँको लागतमा २०७९ असार २८ गतेभित्र सक्ने गरी ड्रागन–रियर जेभीले २०७८ असार २५ गते सम्झौता गरेको थियो । तर अहिलेसम्म ३३ प्रतिशत मात्र भौतिक प्रगति भएको जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । निर्माण कम्पनीले अहिलेसम्म ६ करोड ४९ लाख ६ हजार भुक्तानी लिएको छ ।

यो अस्पताल भवन देशभरका ३ सय ९६ सहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक साथ उद्घाटन गरेका हुन् । उक्त भवनको दुई वटा ब्लकमध्ये एउटा पनि पूरा नभएको खड्काले सुनाए । पटक–पटक म्याद थप गरिए पनि कामको प्रगति भने नभएको खड्काले बताए ।

पहिलो पटक २०८० असार २५ गतेसम्म, दोस्रो पटक २०८१ असार ३० गतेसम्म, तेस्रो पटक २०८२ असार १५ गतेसम्म, चौथो पटक २०८२ फागुन १५ गतेसम्म र पाँचौं पटक २०८३ असार १४ गतेसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक केही काम गरे पनि बैशाखदेखि भने निर्माणको काम ठप्प छ । काम नगरेपछि गत असार ६ गतेको कार्यपालिकाको बैठकले म्याद नथप्ने निर्णय गरेको खड्काले जनाए ।
निर्माणाधीन भवनमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरिएपछि गाउँपालिकाले निर्माण गरिएको संरचना भत्काउन लगाएको थियो । जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाएपछि गाउँ कार्यपालिकाको बैठकको निर्णयले निर्माण गरिएका संरचना भत्काएर गुणस्तरीय काम गर्न लगाएको थियो । जगमा पिसिसि ढलानमा खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएकाले भत्काएर बनाउन लगाएको हो । केही समस्या देखिएकाले पिसिसि ढलान भत्काएको निर्माणमा सम्बद्ध देवराज पाण्डेले बताए ।

उक्त भवनको डिपिआर दुई पटकसम्म संशोधन गर्नु परेकाले एक वर्षपछि मात्र निर्माण सुरु गरिएको पाण्डेले जनाए । उनका अनुसार दुई पटकसम्म डिपिआर संशोधन गर्दा आइटम चेन्ज हुनुका साथै भवनको लागत पनि बढेको छ । डिपिआर संशोधन हुदा करिब ३ करोड लागत बढेको उनले सुनाए ।

भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । डिपिआर परिवर्तनमा समय लाग्नु, फोक्सिङटारमा पुल नहुनु, जेनजी आन्दोलन लगायतका कारण निर्माणमा ढिलाइ भएको पाण्डेले बताए । तर आवश्यक सामग्रीहरू निर्माणस्थलमा पुगिसकेकाले धमाधम काम गर्दा एक वर्षभित्र काम सकिने पाण्डेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४