Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका र इरानबीचको वार्ता सकारात्मक प्रगति भएको कतारकाे दावी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १८ २०८३
  • 893
    SHARES

काठमाडाैं । कतारी विदेश मन्त्रालयले राजधानी दोहामा अमेरिका र इरानबीचकाे जारी अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको जनाएको छ ।

कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेकाे छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको हाे । दुवै पक्षले आगामी दिनमा हुने छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन् । इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने याेजना रहेकाे हाे । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ ।

इरानले युरेनियम संवर्द्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाईन बनाएको हाे। विश्लेषकहरूले वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुला छ ।यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हाे।

तेलको मूल्य करिब २ प्रतिशतले घट्दै चार महिनायताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल करिब ७१ दशमलव ५ देखि ७२ अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको हाे ।

दुवै पक्षले तनाव थप बढ्न नदिई सम्झौताका प्रावधान कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन र इरानको रोक्का सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४