Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन, पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १८ २०८३
  • 931
    SHARES

काठमाडौं । पोखराका अग्रज पत्रकार तथा समाजसेवी केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित आफ्नै निवासमा गएराति निधन भएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको हो ।

दीर्घ समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका पराजुली नेपाली पत्रकारिताका पुराना पुस्ताका सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे । विसं २०४० सालदेखि प्रकाशन सुरु भएको ‘जनमत दैनिक’ का उनी संस्थापक सम्पादक थिए । उनले पोखरामा पत्रकारिताको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पराजुलीले पत्रकारितासँगै शिक्षा, सामाजिक सेवा तथा साहित्यिक क्षेत्रमा समेत योगदान पुर्‍याएका थिए । विभिन्न पत्रपत्रिकामा उनका खोजमूलक लेख, विचार तथा अनुसन्धानात्मक सामग्रीहरू प्रकाशित भएका छन् । साथै उनका केही कृतिहरू पनि प्रकाशित छन् ।

पोखराको पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन, नयाँ पुस्ताका पत्रकारलाई प्रेरणा दिन तथा सामाजिक चेतना अभिवृद्धिमा पराजुलीको योगदान उल्लेखनीय रहेको सहकर्मीहरूले बताएका छन् । उनको निधनले पोखरासहित समग्र नेपाली पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ ।

पराजुलीका एक छोरा र चार छोरी छन् । उनको अन्त्येष्टिमा परिवारजन, पत्रकार, शुभेच्छुक तथा स्थानीयको सहभागिता रहेको थियो ।

यसैबीच, नेपाल पत्रकार महासङ्घ कास्की शाखाले विज्ञप्ति जारी गर्दै पराजुलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासङ्घले पत्रकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४