Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ४४ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८६ करोड रुपैयाँ नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १७ २०८३
  • 874
    SHARES

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको हो ।

आज बजारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत वृद्धि भएको छ । सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लाग्दै ४५८ दशमलव ५७ विन्दुमा पुगेको छ ।

कारोबारको हिसाबले पनि आज शेयर बजारमा उल्लेख्य गतिविधि देखिएको छ । नेप्सेका अनुसार कूल ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर खरिद बिक्री भएका छन् । उक्त कारोबारबाट तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको नेप्सेले जनाएको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्तलगायत सबै समूह सकारात्मक देखिएका छन् ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीमा परेका छन् ।

आजको कारोबारमा केही कम्पनीका लगानीकर्ताले राम्रो प्रतिफल पाएका छन् । नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर र कुर्थली बुखरी स्मल हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

यता, केही कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चर का लगानीकर्ताले गुमाएका छन् ।

आजको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, छ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

बजारमा खरिद चाप बढेसँगै नेप्से परिसूचक उकालो लागेको देखिएको छ । पछिल्ला दिनमा लगानीकर्ताको मनोबल सुधारिँदै गएको र कारोबार रकममा समेत वृद्धि देखिन थालेको बजार विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४