Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्स र नर्वे फिफा विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १७ २०८३
  • 1.3K
    SHARES

काठमाडाैं । फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।

बुधबार बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० गोलले पराजित गरेकाे हाे । फ्रान्सले स्विडेनमाथि सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गरेका थिए । एमबाप्पेले ४५औँ र ७४औँ मिनेटमा तथा ब्राडली बार्कोलाले खेलको ५३औँ मिनेटमा गोल गरेका हुन् ।

साथै यसअघि मंगलबार राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गाेलले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालान्ड र नुसाले गोल गरेका थिए । खेल सकिन चार मिनेट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाएका हुन्।

यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका हुन् । विश्वकपमा कूल १८ गोलसहित उनी मेस्सी भन्दा एक गोलले मात्र पछाडि छन् ।

अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । विश्वकपमा अहिले बिहान पौने ८ बजेदेखि मेक्सिको र इक्वेडरबीच प्रतिस्पर्धा जारी रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४