Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाग्यो आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिको टुंगो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०८३
  • 874
    SHARES

काठमाडौं । आठ वटा विश्वविद्यालयका उपकुलपतिको नाम टुंगो लागेको छ । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

उक्त समितिले आठ विश्वविद्यालयका उपकुलपतिका लािग तीन(तीन जनाको नाम टुंगो लगाएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन तीन जनाको नाम टुंगो लगाएको हो ।

उक्त नाम सम्वत् भोलि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहलाई नाम सिफारिस गर्ने तयारी छ ।

नयाँ उपकुलपतिको लागि गत २५ वैशाखमा १० दिनको समय दिएर खुला आह्वान गरिएको थियो । जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

ती मध्येबाट विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट गरिएकोमा अन्तर्वार्ता र प्रस्तुतिकरण गरेर छनोट समितिले नाम टुंगो लगाएको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४