Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय सदस्यको नामावलीबाट हटाइएपछि सोम शर्माको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०८३
  • 456
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट गण्डकी भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका सोम शर्माले आफूलाई अन्तिम नामावलीबाट हटाइएको भन्दै पार्टीको निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्। उनले मङ्गलवार आयोगसमक्ष निवेदन बुझाउँदै आफ्नो नाम तत्काल सच्याउन र निर्वाचित हैसियत यथावत् कायम गर्न माग गरेका छन्।

शर्माले आफू ९९३ मतसहित गण्डकी भूगोलबाट चौथो उच्च मत प्राप्त गरी निर्वाचित भएको र निर्वाचन समितिले यसअघि निर्वाचित घोषणा तथा सरास्वपा महाधिवेशनच्याइएको नामावलीमा समेत आफ्नो नाम समावेश गरिसकेको अवस्थामा कुनै पूर्व सूचना, स्पष्टीकरण वा सुनुवाइको अवसर नदिई अन्तिम नामावलीबाट हटाइएको दाबी गरेका छन्। सञ्चारमाध्यममार्फत मात्रै आफ्नो नाम हटाइएको जानकारी पाएको उल्लेख गर्दै उनले यस्तो निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको बताएका छन्।

निवेदनमा उनले पार्टी विधानको दफा २२(४) अनुसार गण्डकी प्रदेशबाट पाँच जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको र मत परिणामका आधारमा आफू निर्वाचित हुने स्पष्ट आधार रहेको जिकिर गरेका छन्। महिला तथा क्लस्टर प्रतिनिधित्वसम्बन्धी व्यवस्थाको गलत व्याख्या गरी आफ्नो नाम हटाइएको आरोप लगाउँदै उनले संशोधित निर्णय विधानको मर्म, निर्वाचनको आधारभूत सिद्धान्त तथा विधिसम्मत प्रक्रिया विपरीत रहेको उल्लेख गरेका छन्।

शर्माले निर्णयको कानुनी र तथ्यगत आधार सार्वजनिक गर्न, आवश्यक स्पष्टीकरण उपलब्ध गराउन तथा आफूलाई गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको रूपमा यथावत् कायम गर्न माग गरेका छन्। अन्यथा आफ्नो संवैधानिक, राजनीतिक तथा कानुनी अधिकारको संरक्षणका लागि उपलब्ध सबै कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनी पनि उनले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४