Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राहदानी छपाइ प्रकरण: महानिर्देशक अर्यालसहित ५ जनालाई धरौटीमा छाेड्न अदालतकाे आदेश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०८३
  • 798
    SHARES

काठमाडाैं । विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाेड्न आदेश गरेको हो । महानिर्देशक अर्यालसँग ५ लाख रूपैयाँ धरौटी माग गरिएको छ ।

सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग चार लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग तीन लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंसँग तीन लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई पाँच लाख धरौटी माग गरिएकाे छ ।

तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र तत्कालीन उपसचिव (कानून) राजाराम दाहालको हकमा भने विशेष अदालतले छाेड्न आदेश दिएको हाे । गत असार ८ गते अख्तियारले महानिर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

साथै उनीहरूमाथि अख्तियारले १० अर्ब १३ करोड चार लाख ६१ हजार ४ सय ७७ रूपैयाँ बिगो कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४