Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठेकेदारको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १५ २०८३
  • 969
    SHARES

काठमाडाैं । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।

ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच वि।सं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।

कूल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो । हालसम्म कम्पनीले रु छ करोड ४९ लाख छ हजार रकम भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ ।

पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिएका छन् ।

‘ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा काम सम्पन्न भएन’, उनले भने, ‘अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।’

चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

विस्तृत परियोजना रिपोर्ट ९डिपीआर० परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४