Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालीमाटी तरकारी बजारको मूल्य : गोलभेँडा १० देखि ४० रुपैयाँसम्म, स्याउ ३०० रुपैयाँ किलो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १५ २०८३
  • 1.4K
    SHARES

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार तरकारी तथा फलफूलको मूल्यमा वस्तुअनुसार फरक–फरक दर कायम गरिएको छ ।

समितिका अनुसार सोमबार गोलभेँडा ठूलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (लोकल) प्रतिकिलो १० रुपैयाँ र टनेल गोलभेँडा प्रतिकिलो २० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, आलुको मूल्य पनि प्रकारअनुसार फरक रहेको छ । आलु रातो (लाम्चो) प्रतिकिलो अधिकतम ४० रुपैयाँ, रातो आलु गोलो तथा मुडे ३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको छ ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) ६० रुपैयाँ, काउली स्थानीय ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ र भन्टा २० देखि ३० रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै, हरियो तरकारीतर्फ बोडी प्रतिकिलो ३५ रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ, भटमासकोशा १०० रुपैयाँसम्म पुगेको छ ।

मौसमी तरकारीमध्ये तितो करेला प्रतिकिलो ३० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ४० रुपैयाँ, घिरौला ४० रुपैयाँ र झिगूनी ५० रुपैयाँसम्म कायम गरिएको छ ।

च्याउतर्फ भने मूल्य केही महँगो देखिएको छ । कन्य च्याउ प्रतिकिलो अधिकतम ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँसम्म पुगेको छ ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) दर्जनको २५० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप (मालदह) ९० रुपैयाँ र दसहरी आँप १०० रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै, तरबुजा प्रतिकिलो ६० रुपैयाँ, काक्रो लोकल ७० रुपैयाँ, मेवा नेपाली ९० रुपैयाँ र लिची भारतीय ३०० रुपैयाँसम्म पुगेको समितिको मूल्य सूचीमा उल्लेख छ ।

मसला तथा अन्य कृषिउपजतर्फ अदुवा प्रतिकिलो १५० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो धनिया १२० रुपैयाँ, सुकेको लसुन नेपाली १८० रुपैयाँ र चाइनिज लसुन २२० रुपैयाँसम्म कायम गरिएको छ ।

कालीमाटी बजार विकास समितिले दैनिक रूपमा कृषिउपजको थोक मूल्य निर्धारण गर्दै आएको छ । बजारमा वास्तविक खुद्रा मूल्य भने व्यापारी, स्थान र गुणस्तरअनुसार केही फरक पर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४