Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगाे नकआउट चरणमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १४ २०८३
  • 779
    SHARES

काठमाडाैं । फिफा विश्वकप फुटबलको समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा प्रवेश गरेका छन् ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा प्रवेश गरेकाे हाे। गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो ।

इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भएकाे हाे। यो समूहबाट चार अङ्कसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कङ्गो नकआउट चरणमा पुग्न सफल भएकाे छ। डीआर कङ्गोले उज्बेकिस्तानमाथि ३–१ को पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो ।

खेलको १०औँ मिनेटमा एल्डोर शोमुरोडोभको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि ६८औँ मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । त्यसपछि ७८औँ मिनेटमा फिस्टन मायेलेले कङ्गोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा हाल अल्जेरिया र अस्ट्रियाबीचकाे खेल भइरहकाे छ । साथै डलास स्टेडियममा जोर्डन र अर्जेन्टिनाबीच पनि प्रतिस्पर्धा जारी रहेकाे हाे।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४