Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक सय ८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १३ २०८३
  • 418
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १७ स्थित धोविचौरमा सामूहिक ‘कुमारी पूजा’ सम्पन्न भएको छ । नेवार समुदायको मौलिक संस्कृति र धार्मिक परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा बालबालिकाको सहभागिता रहेको थियो ।

वडा कार्यालयको आयोजना तथा स्थानीय के.के. महिला समूहको समन्वयमा सम्पन्न कार्यक्रममा १८८ जना बालबालिका सहभागी भएका थिए । सहभागी बालबालिकालाई परम्परागत विधिअनुसार कुमार र कुमारीका रूपमा पूजा गरिएको आयोजकले जनाएको छ ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार बालबालिकाभित्र रहेको पवित्रता, शक्ति र दैवी स्वरूपको सम्मान गर्ने उद्देश्यले कुमारी पूजा आयोजना गरिएको हो । कार्यक्रममा सहभागी बालबालिकालाई विधिपूर्वक पूजा गरी टीका, प्रसाद तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानीय समुदाय, अभिभावक तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो । अभिभावकहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

आयोजकका अनुसार पछिल्लो पुस्तामा परम्परागत संस्कार र सांस्कृतिक अभ्यासप्रति रुचि बढाउन तथा नेवार समुदायको ऐतिहासिक परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४