Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ८ करोड ७८ लाख रकम अपचलन आरोपमा अनुसन्धान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १३ २०८३
  • 836
    SHARES

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शुक्रबार साँझ शेर्पालाई पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीमाथि हात्तीगौँडामा सञ्चालन हुँदै आएको टुङ्गराम इन्टरनेशनल एकेडेमीको आर्थिक कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार शेर्पामाथि विद्यालयको करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ रकम अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीका अनुसार शेर्पाले विद्यालयको कार्यकारी प्रमुखका रूपमा काम गर्ने क्रममा विभिन्न गतिविधिमार्फत व्यक्तिगत लाभ लिएको र संस्थालाई आर्थिक तथा व्यवस्थापकीय क्षति पुर्‍याएको आरोप छ ।

अनुसन्धानका क्रममा शेर्पाले विद्यालयलाई अनुचित हानि पुर्‍याउने उद्देश्यले डर, त्रास तथा अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वमा रहेको कम्पनीको नाममा बिक्री गरेको पाइएको सिआइबीले जनाएको छ ।

प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ । आरोप पुष्टि वा खारेज हुने विषय भने अनुसन्धान र कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४