Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षामन्त्रीले पोखरेल भने- कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट छ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०८३
  • 912
    SHARES

काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरूले गरेको प्रदर्शनपछि सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो ।

उहाँले आवश्यक जनशक्ति थपेर र अनावश्यक प्रशासनिक झन्झट छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको दाबी गर्नुभयो । यसअघि बिहीबार नै कक्षा १२ को नतिजा र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक अधिकारको सम्मान गर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा विद्यार्थीहरू लक्षित नकारात्मक टिप्पणीप्रति भने असन्तुष्टि जनाउनुभएको छ ।

मन्त्री पोखरेलले लेखेका छन्, ‘यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४