Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफाले एन्फालाई लगायो अनिश्चितकालीन प्रतिबन्ध, नेपाली फुटबल इतिहासमै पहिलो पटक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०८३
  • 361
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाएको छ। फिफाले बिहीबार बिहान अर्को सूचना नआएसम्मका लागि एन्फालाई अनिश्चितकालीन निलम्बन गर्ने निर्णय गरेको हो।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अनुसार नेपाललाई निलम्बन गरिएको जनाएको छ। नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो पटक हो।

फिफाको निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सदस्यता अधिकार गुमाएको छ। यसको अर्थ एन्फाले फिफाबाट प्राप्त हुने सदस्यका रूपमा रहेका अधिकार, सुविधा तथा गतिविधिमा तत्काल प्रभाव पर्नेछ।

फिफाले एन्फालाई पठाएको निलम्बन पत्रमा प्रतिबन्धको कारण र आगामी प्रक्रिया सम्बन्धी विवरण उल्लेख गरिएको बताइएको छ। फिफा सदस्य राष्ट्रका फुटबल संघहरूलाई अन्तर्राष्ट्रिय फुटबल गतिविधि सञ्चालनका लागि फिफाको विधान र नियम पालना गर्नुपर्ने हुन्छ।

यस निर्णयले नेपाली फुटबल क्षेत्रमा ठूलो असर पार्ने देखिएको छ। फिफा र एएफसीअन्तर्गत हुने प्रतियोगिता, आर्थिक सहयोग, प्रशिक्षण कार्यक्रम तथा अन्तर्राष्ट्रिय गतिविधिमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ।

अब एन्फाले फिफासँग समन्वय गरी प्रतिबन्ध फुकुवाका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। नेपाली फुटबल समर्थक तथा सरोकारवालाहरूले यो घटनालाई नेपाली फुटबल व्यवस्थापनका लागि गम्भीर चुनौतीका रूपमा हेरेका छन्।

फिफाले एन्फालाई पठाएको निलम्बन पत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४