Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू, सावधानी अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ९ २०८३
  • 874
    SHARES

काठमाडौँ । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ ।

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ । हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पन्छी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।

कोसी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुलो बनाइएको डा दाहालले बताए । पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ ।

सावधानी अपनाउन आग्रह

उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गर्ने गरेको विभागमा महानिर्देशक डा दाहालले जानकारी दिए ।

फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसङ्क्रमण गरेर मात्र भित्र्याउनेजस्ता कार्य गर्नुपर्दछ । यस्तै कागलगायत जङ्गली पन्छीहरू घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर पन्छीपालन गर्नुपर्दछ । पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४