Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशनमा गगन थापा सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ७ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् ।

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा आइतबार चितवन पुगेर महाधिवेशनको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

‘सभापतिज्यू आज चितवन जानुहुन्छ, रास्वपा महाधिवेशन समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ,’ कुइँकेलले भने ।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ । सोहीअनुसार कांग्रेस सभापति थापा उद्घाटन सत्रमा सहभागी हुन लागेका हुन् ।

आइतबार बिहान थापाले रास्वपा र पार्टी सभापति रवि लामिछानेलाई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो शक्तिका रूपमा स्थापित गरेको बताएका छन् ।

शुभकामना सन्देशमा थापाले लेखेका छन्, ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ ।’

उनले महाधिवेशनलाई विचार, संगठन र नीतिगत दृष्टिले पार्टीलाई थप परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउने ऐतिहासिक अवसरका रूपमा समेत उल्लेख गरेका छन् ।

रास्वपा महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

उता, रास्वपाका वरिष्ठ नेता बालेन शाह समेत महाधिवेशनमा सहभागी हुन चितवन प्रस्थान गरिसकेको जनाइएको छ ।

रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र नीतिगत प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४