Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ६ २०८३
  • 855
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी महाधिवेशनलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय मतदान प्रणाली लागू गर्ने भएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र तस्बिरमा छोएर सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनको पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा पार्टीको एक जना सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। मतदान प्रक्रिया पारदर्शी, छिटो र विश्वसनीय बनाउन आधुनिक प्रविधिको प्रयोग गर्न लागिएको उहाँले बताउनुभयो।

निर्वाचन तालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुनेछ। मनोनयन प्रक्रिया सम्पन्न भएपछि सोही दिन साँझ पहिलो चरणको मतदान गरिने तयारी गरिएको छ। पहिलो चरणको मतदानको परिणाम असार ८ गते रातिसम्म सार्वजनिक गर्ने लक्ष्य राखिएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा पार्टीका पदाधिकारी चयन गरिनेछ। दोस्रो चरणको निर्वाचन असार ९ गते हुने र त्यसमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि मात्र मतदान हुने प्रमुख केसीले जानकारी दिनुभयो।

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। देशभित्रका प्रतिनिधिसँगै विदेशमा रहेका प्रतिनिधिहरूलाई पनि मतदान प्रक्रियामा सहभागी गराउन विशेष व्यवस्था मिलाइएको छ। प्रवासमा रहेका र महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रतिनिधिहरूले रास्वपाको आफ्नै मोबाइल एपमार्फत मतदान गर्न सक्नेछन्।

निर्वाचन आयोगका अनुसार विदेशमा रहेका १७० जना प्रतिनिधिमध्ये नेपाल आउन नसक्नेहरूले अनलाइन प्रणालीमार्फत आफ्नो मताधिकार प्रयोग गर्नेछन्। यस व्यवस्थाले विश्वका विभिन्न मुलुकमा रहेका प्रतिनिधिहरूलाई पनि महाधिवेशनको निर्णय प्रक्रियामा सहभागी गराउने विश्वास गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० जना सदस्य रहेका छन्। निर्वाचन आयोगका पदाधिकारीहरूले निर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था भए पनि मतदान गर्न भने पाउने प्रावधान रहेको छ। तर प्रमुख भुवन केसीले आफूहरू तटस्थ रहँदै निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउने उद्देश्यले मतदान प्रक्रियामा सहभागी नहुने बताउनुभएको छ।

रास्वपाले पहिलोपटक व्यापक रूपमा विद्युतीय तथा एपमार्फत मतदान प्रणाली अपनाउन लागेकाले यस महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास र डिजिटल रूपान्तरणको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ। प्रविधिको प्रयोगले निर्वाचनलाई थप पारदर्शी, छरितो र सहभागीमूलक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४