Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारकाे मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रमा बढी विकास गर्ने : मन्त्री पुन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ४ २०८३
  • 893
    SHARES

काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री पुनले एआई, आइटीको विकासमा बढि भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गर्नु भयो ।

उहाँले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गर्ने विषयमात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री पुनले भन्नुभयो, अहिलेको सरकारको मुख्य उद्देश्य अव यही छ-एआई, आईटीलाई कसरी बढी भन्दा बढि गरेर यसलाई अगाडि भन्ने छ सरकारको । त्यसैले प्रधानमन्त्रीज्युले यो आइटी सम्बन्धि सबै जिम्मेवार चाँही पहिला सञ्चार मन्त्रालयका थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ । र, यो उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो । यो उहाँले राख्नु भएको कुरा यसमा पनि छ । अर्को उहाँले नवप्रवर्तन भएर कुनै कुरा निस्कन्छ भने त्यो चिज उद्योगहरुले उपभोग गर्न पाउनु पर्छ भन्ने उहाँको माग छ । कसैले नयाँ कुराहरुको आविष्कार गर्‍यो, नवप्रवर्तन गर्‍यो भने त्यो कुरा उद्योगहरुले उपयोग गर्न पाउनु पर्‍यो । गर्ने पनि त्यही नै हो । त्यो अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गरेको मात्रे होइन, त्यसको उपयोग उद्योगहरुले् नै गर्ने हो । त्यसका लागि हामीले जोड दिनु पर्दछ । अहिले त्यो कुरा जोड दिइएको नै छैन । त्यो कुरा उद्योगपतिहरुलाई पनि थाहा छैन ।’

मन्त्री पुनले आइटीको प्रयोग गरेर उद्योगहरुको प्रवर्द्धन हुन्छ भन्नेकुरा उद्योगीहरुलाई पनि थाहा नभएको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४