Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहको अभिव्यक्ति र सभामुख अर्यालको भूमिकाप्रति कांग्रेसकाे आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०८३
  • 741
    SHARES

काठमाडाैं । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सभामुख डीपी अर्यालको भूमिकालाई लिएर प्रतिनिधिसभामा कडा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाउनुभएको हो । सभामुख अर्यालको निष्पक्षतामाथि प्रश्न उठाउँदै उहाँले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाउनुभयो । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भूमिका संकुचित देखिएको उहाँको तर्क छ ।

प्रधानमन्त्री शाहले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले जसका कारण अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पुर्‍याएको बताउनुभयो । उहाँले राष्ट्रियताको यस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहको भनाइलाई सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेकोमा समेत आश्चर्य र खेद प्रकट गर्नुभमाे छ। संसद ३ करोड नेपालीको आशा, विश्वास र पूर्खाको बलिदानीपूर्ण सङ्घर्षको प्रतिक भएको स्मरण गराउनुभयाे ।

सांसद यादवले यसलाई कमजोर बनाउने काम कसैबाट हुन नहुनेमा जोड दिनुभएकाे छ। सदनमा प्रतिपक्षले उठाएका आवाजहरूलाई बेवास्ता गरिएको भन्दै उहाँले वर्तमान संसदीय अभ्यास हास्यास्पद बन्दै गएको टिप्पणी समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४