Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती-गण्डकीसहित ६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको वर्षा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान देशको हिमाल र पहाडी भू-भाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको हाे। अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार दिउँसो भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे हाे । कोशी र मधेश प्रदेशको पनि केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार राति भने देशको हिमाली तथा पहाडी र कोशी प्रदेशकाे तराई भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । साथै तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे । कोशी-गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे छ ।

कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४