Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश बनाउने कुरामा पनि जिस्किन्छन् प्रधानमन्त्री बालेन!


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १ २०८३
  • 2.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको एक स्टाटसलाई लिएर उत्पन्न विवादपछि उनले त्यसबारे प्रष्टीकरण दिएका छन्। उक्त स्टाटस सार्वजनिक भएपछि राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म विभिन्न टिप्पणी र आलोचना भएपछि प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सामान्य रमाइलो र हल्का शैलीको भएको बताएका छन्।

आइतबार साँझ प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै “देश बनाउने टोली” भन्ने क्याप्सन लेखेका थिए। सो तस्वीर र क्याप्सन सार्वजनिक भएपछि मन्त्रिपरिषद्का अन्य सदस्यलाई उपेक्षा गरिएको वा बेवास्ता गरिएको अर्थमा व्याख्या गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना सुरु भएको थियो।

कतिपयले प्रधानमन्त्रीको उक्त स्टाटसलाई सरकारभित्र असन्तुलन देखाउने संकेतका रूपमा अर्थ्याए भने केहीले मन्त्रिपरिषद्का अन्य सदस्यप्रति अपमानजनक सन्देश जान सक्ने भन्दै आपत्ति जनाए। यद्यपि अर्कोतर्फ समर्थकहरूले यसलाई सामान्य सामाजिक सञ्जाल शैली र अनौपचारिक अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।

विवाद चर्किएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत थप स्पष्टिकरण दिएका छन्। उनले आफ्नो अभिव्यक्तिलाई गम्भीर राजनीतिक सन्देशका रूपमा नबुझ्न आग्रह गर्दै लेखेका छन्, “हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन।”

उनले अर्को पोस्टमा थप लेखेका छन्, “दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।”

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पुनः बहस चर्किएको छ। एकथरी प्रयोगकर्ताले यसलाई सामान्य ठट्टा र व्यक्तिगत शैलीको अभिव्यक्ति भनेका छन् भने अर्को पक्षले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक सन्देश दिँदा थप संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

यस घटनाले सरकारका सञ्चार शैली, सामाजिक सञ्जाल प्रयोग र सार्वजनिक जिम्मेवारीबारे फेरि एक पटक बहस उत्पन्न गराएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४