Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 855
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयूलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् ।

बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठीरहेको उनको जिकिर थियो । ‘यो बालेन सरकार पनि के होला, कसो होला ? भन्ने यो सय दिन नप्ुग्दै तमाम प्रश्न चिन्हहरु उठिसके । तमाम गल्तीहरु गरिसके । यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन्’ उनले भने ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूृहरुले नयाँ पार्टी खोल्न लागेको दावी समेत गरे ।

नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनले बताए । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए । ‘विकल्प भनेको एमाले, काँग्रेस, माओवादी र राप्रपा पनि होइन । त्योि विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ । त्यो विकल्प हाम्रो पार्टीले दिनेछ । हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ’ उनले भने ।

नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४